शुक्रबार छानिने कलेज एम्बेसडर, यस्ता छन् प्रतियोगी — OSNepal

शुक्रबार छानिने कलेज एम्बेसडर, यस्ता छन् प्रतियोगी

LC (KTM) August 31, 2022 0

काठमाडौँ । ‘द कलेज एम्बेसडर २०२२’ प्रतियोगीले आफुमा रहेको ट्यालेन्ट देखाएका छन् । हुकुम दरबार कमल पोखरीमा आयोजित ट्यालेन्ट राउन्ड अन्तर्गत प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वक्तित्वकला, चित्रकला लगायत बिषयमा आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।

डान्स कोरियोग्राफर श्रेया महर्जन, सौदर्य प्रतियोगीता विजेता पूजा पुरी र प्रोफेसर बिनय रन्जित लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए । प्रतियोगीतामा ८ महिला र ८ पुरुष प्रतियोगी रहेका छन् ।प्रतियोगीताको यो ११ औं संस्करण हो ।

यसका लागि उपत्यकाका नाइटिंगेल इन्टरनेशनल कलेज हेराल्ड कलेज, काठमाडौं स्कूल आफ सेन्टल स्टेज, किष्ट कलेज, गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, वेष्टन कलेज, ह्वाइटफिल्ट इन्टरनेशनल कलेज, कुसम, द टाइम्स इन्टरनेशनल कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएको आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौरले बताए ।

प्रतियोगी अहिले हुकुम दरबार कमला पोखरीमा आफ्नो प्रतिभा निखार्न प्रशिक्षणमा छन् । समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न बिषयमा आफुलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिने उनीहरु उत्रिने ग्रिनआर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । मिसेन युनिभर्स नेपाल २०१९ की विजेता समेत रहेकी अनिला प्रतियोगीताको कोरियोग्राफर समेत हुन् ।प्रतियोगीताको अन्तिम स्पर्धा यदि भदौ १७ गते रसियन कल्चल सेन्टर (रसियन हाउस) कमलपोखरीमा आयोजना हँुदैछ । प्रतियोगीमा शिर्ष सहित बिभिन्न आधा दर्जनबढी बिधामा विजेता छानिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर