माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता गर्न लिखित सहमति — OSNepal

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता गर्न लिखित सहमति

LC (KTM) August 31, 2022 0

काठमाडौं १५ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने लिखित सहमति हुने भएको छ । विशेष स्रोतका अनुसार आज या भोली सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ ।

मंसिर ४ गते हुने निर्वाचन अगावै दुई दल बिच गठबन्धनभित्रै उप–गठबन्धन बनाउने र निर्वाचनपछि पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । दुई दलबीच तत्कालका लागि पार्टी एकता संयोजन समिति घोषणा गर्ने सहमति समेत भएको छ ।

७ बुँदे सहमति हुन लागेको जानकारी दिएका एक नेतालेसबै कुरा करिब मिलिसेकको छ, सहमतिको ड्राफ्टलाई अन्तिम रुप दिएर आज वा भोलिसम्ममा सार्वजनिक गर्ने बताएका छन् । दुवै दल पार्टी, संगठन र विचारको आधार तत्कालीन नेकपालाई बनाउन सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर