विश्वकै सुन्दर महिला बनिन् गायिका बियोन्से, प्रियंका चोपडा दोस्रो



एजेन्सी । पप गायिका बियोन्से विश्वकै सुन्दर महिला बन्न सफल भएकी छिन् । बजनेटको सर्वेक्षणले उनलाई संसारको सबैभन्दा सुन्दर महिला बताएको छ जबकी सूचीको शीर्ष स्थानको दा्स्रोमा बलिउड सुन्दरी नायिका प्रियंका चोपडालाई छनोट गरिएको छ ।

अमेरिकी टेलिभिजन शो ‘क्वान्टिको’ मार्फत चर्चा बटुल्न सफल प्रियंका चाँडै नै फिल्म ‘बेवाच’ बाट हलिउडमा डेब्यू गर्दैगर्दा विश्वकै दोस्रो सुन्दर महिला बन्न सफल भएकोमा उनले खुसी व्यक्त गर्दै लेखिन्, ‘धन्यवाद बजनेट र जसले मलाई भोट गर्नुभयो । बियोन्से मेरो पनि सबैभन्दा प्रिय हुन् ।’

Comment