कुकुरको रक्तदानले बिरालोको जीवन बच्यो



(एनपि न्यूज डटनेट) ०५ भदौ- कसैले झगडा गरेको देखेमा भन्ने गरिन्छ–कस्तो कुकुर र बिरालो जस्ता । हुन पनि कुकुर र बिरालो आपसमा भेट हुने बित्तिकै टोकाटोक हुने गरेको धेरै देखिन्छ । तर सबै कुकुर र बिरालो आपसमा झगडा मात्र गर्दैनन् ।

उनीहरुका एकअर्काका सहयोगी र मित्र पनि हुन सक्छन् । न्युजिल्याण्डमा कुकुरको रक्तदानले एउटा बिरालोको ज्यान नबचेको छ । मूसा मार्ने विष खाएर बिरामी भएको रोरी नामक बिरालोलाई उनका मालिक किम एडर्वाडले तउराङाको एक भेटनरी क्लिनिकमा गएको शुक्रबार पुर्‍याएका थिए । रोरीको अवस्था एकदम नाजुक भएकोले तत्काल रगतको आवश्यकता भयो ।

तर उसको रगतको नमूना ल्याबमा पठाउन समय थिएन । उनको लागि बिरालोको रगत खोज्न पनि समय लाग्ने भयो । अन्तत, पशु चिकित्सक केट हेलेरले जोखिम मोलेर एउटा कुकुरको रगत बिरालोमा राखिदिए र रोरी बच्यो ।
– एजेन्सीको सहयोगमा

Comment