पेट्रोलियम पदार्थको मूल्य घटाउन विधार्थी संगठनले गरे प्रदशर्न



nepal  oil(एनपी न्यूज डटनेट) काठमाडौ, २८ भदौ- पेट्रोलियम पर्दाथको मूल्यवृद्धि विरुद्ध आज संयूक्त रुपमा १४ विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् । उनीहरुले मूल्यवृद्धी फिर्ता नगरे शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

संयुक्त रुपमा संगठनहरुले नेपाल आयाल निगमको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ९ देखि केहीबेर अगाडी सम्म घेराउ गरिएको नेपाल विद्यार्थी संघक प्रवक्ता युपि लामिछानेले जानकारी दिनुभयो ।

यस्तै विद्यार्थीहरुले आगामी ३०, ३१ र असोज १ गते देशभरका पेट्रोलपम्प बन्द गर्ने भएका छन् । यदि त्यसो गर्दापनि मूल्यबृद्धि फिर्ता नगरे थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुने प्रवक्ता लामिछानेले बताउनुभयो ।

सरकारले आयल निगम घाटामा गएको र अमेरिकी डलर महंगीएको कारण देखाउँदै केही दिनअघि पेटा्रेलियम पदार्थको भाउ बढाएको थियो ।

Comment