मिडियाले गर्दा जिब्रो छेड्ने भएँ’



भक्तपुर – भक्तपुरको मध्यपुर थिमी नपा ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सञ्चारमाध्यमका कारण जिब्रो छेड्न बाध्य भएको बताएका छन् । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

बिस्केटजात्रा अन्तर्गत मध्यपुरको बोडेमा बैशाख २ गते हुने जिब्रो छेड्ने जात्राको व्यवस्थापनबारे जानकारी दिन सोमबार गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले जिब्रो छेड्ने मनसाय मात्रै व्यक्त गरेको थिएँ तर पूरा प्रतिबद्ध नहुँदै सञ्चारमाध्यमले प्रचार गरेकाले जिब्रो छेड्न अघि सर्न बाध्य भएँ ।’ विगत आठ वर्षदेखि जिब्रो छेड्दै आइरहनु भएका जुजुभाइले यसवर्ष घरमा श्रीमती र भाउजू बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरेसँगै जात्राका लागि जिब्रो छेड्ने व्यक्तिको खोजी सुरु भएको थियो ।

Comment