मधेसी दलका मेयर आकांक्षी चुनाव तयारीमा



काठमाडौं । मधेसकेन्ति दलहरुले संविधान संशोधन नभए वैशाख ३१ को स्थानीय तह निर्वाचन वहिष्कार गर्ने घोषणा गरेका भए पनि आर्थिक एवं औद्योगिक नगरी वीरगन्ज उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदका लागि भने उनीहरुले आन्तरिक रुपमा आफ्ना उम्मेदवार अगाडि सारिसकेका छन् ।

वीरगन्जको मेयरका लागि औपचारिक रुपमा उम्मेदवार घोषणा नगरे पनि मधेसकेन्द्रित दलका तर्फबाट मेयर पदका आकांक्षीहरु पार्टीगत र व्यक्तिगत रुपमा चुनावी गतिविधिमा जुटिसकेका छन् । संविधान संशोधनबिना मधेसमा चुनाव हुनै नदिने बताएका मधेसी दल र तिनका सम्भावित उम्मेदवारले आन्तरिक रुपमा भने सामाजिक सञ्जाल, कार्यकर्ता भेटघाट, पार्टी प्रवेशजस्ता कार्यक्रम गरेर आ–आफ्नो पक्षमा भोग माग्ने काम सुरु गरिसकेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

Comment