आजको रासिफल – बि.स.२०७४ बैसाख ०२ गते । शनिबार । ईश्वी सन् २०१७ अप्रिल १५ तारिख । नेपाल सम्बत् १९३७



ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – बि.स.२०७४ बैसाख ०२ गते । शनिबार । ईश्वी सन् २०१७ अप्रिल १५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख कृष्ण पक्ष । तिथि चतुर्थि २९ घडी ५९ पला । बेलुका ५ बजेर ४१ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र अनुराधा १५ घडि ४१ पला, बिहान ११ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात ०९ घडि ४२ पला,बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त वरियान । करण बालव,बेलुका ५ बजेर ४१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा अमृत योग । चन्द्ररासि बृश्चिक । भक्तपुरमा महाकालि,महालक्ष्मी यात्रा । मध्यपुर थिमिमा बालकुमारि यात्रा । टोखामा चण्डेस्वरी मूलरथ यात्रा ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ४२ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर २८ मिनेट जादा । दिनमान ३१ घडी ५६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । स पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ ।
शुभ अंक — ४,९ शुभ दिशा — पश्चिम
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ ।
शुभ अंक — ३,५ शुभ दिशा — उत्तर
शुभ रंग — खैरो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।
शुभ अंक — ५,७ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा, आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ ।
शुभ अंक — ६,९ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सानातिना स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछन् भने व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । आट गर्न नसक्दा हातमा आउन लागेको काम अरुले नै फुत्काउनेछन् । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । काम गर्ने बिभिन्न अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परिने चिन्ताले सताईरहनेछ । माया प्रेममा अबिश्वास तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ ।
शुभ अंक —२,९ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । समाज तथा आफन्तहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ ।
शुभ अंक — १,७ शुभ दिशा — पुर्व
शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ ।
शुभ अंक — २,८ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ ।साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरि आयस्रोतका बाटाहरु फराकिलो बनाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ भने इच्छित सामानहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ भने दिल खोलेर सहयोग गर्नेहरु भेटिनेछन् ।
शुभ अंक — ४,६ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ ।
शुभ अंक —२,७ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । ईज्जतिलो काम गरि कार्यक्षेत्रमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापन पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्न सक्नेछन् । पुराना तथा आत्मिय मित्रहरु सँगको भेटघाटले दिन रंगिन बन्नेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा जोगाउँने कार्यमा समय खर्चनु पर्ने हुनसक्छ । भाग्यले साथ दिने हुँनाले थोरै लगानि गर्दा पनि व्यापार व्यावसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

Comment