परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता — OSNepal

परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता

LC (KTM) September 13, 2022 0

काठमाडौं, २८ भदौ :

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् ।

उनले मंगलबार नै सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज नै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन् ।

उनले आज नै प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर