साईकललाई साइड दिन खोज्दा चितवनमा बस दुर्घटनाग्रस्त, १३ घाइते



चितवन, ५ वैशाख । भरतपुरबाट माडीको बगाई जाँदै गरेको यात्रु बस आज साँझ माडी नगरपालिका– ४ स्थित सिधुवा चोकमा पल्टँदा १३ जना घाइते भएका छन् ।

ना ५ ख १०६८ नं बसले साइकलयात्रीलाई ठाउँ दिने क्रममा ठाउँ नपुगेर पल्टिएको इप्रका माडीले जनाएको छ । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भरतपुर ल्याइएको छ भने अन्यको स्थानीय बघौडा अस्पताल र मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Comment