आँचल शर्मा र केकी अधिकारी अभिनित फिल्म ‘झिंगेदाउ’को व्यापार लोभलाग्दो, २ करोड ग्रस — OSNepal

आँचल शर्मा र केकी अधिकारी अभिनित फिल्म ‘झिंगेदाउ’को व्यापार लोभलाग्दो, २ करोड ग्रस

LC (KTM) September 14, 2022 0

काठमाडौं :

दोस्रो बिहीबार मध्यान्हसम्म ‘झिंगेदाउ’ले देशव्यापी कमाइ २ करोड रुपैयाँ ग्रस छ । बक्स अफिस जडान नभएका हलको हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कमाइ २ करोड ३० लाखसम्म हुनसक्ने बताइन्छ । दोस्रो बिहीबार मध्यान्हसम्म पनि मल्टिप्लेक्समा झिंगेदाउको अकुपेन्सी ४० प्रतिशत छ, जुन लोभलाग्दो हो । फिल्म रामे रहेकै कारण फिल्मलाई धेरैले मन पराएका छन् ।

तेस्रो सप्ताहन्तसम्म तीन करोड ग्रस पुग्ने प्रारम्भिक अनुमान छ । फिल्म डेढ करोड रुपैयाँमा निर्माण भएको हो । फिल्ममा आँचल शर्मा केकी अधिकारी मुकुन भुषाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई मनोज पण्डितले निर्देशन गरेका छन् । झिगेदाउले विशुद्ध नेपाली मौलिकता र परिवेशलाई आत्मसात गरेको छ । नेपाली घरपरिवारभित्रको कलह र झगडाप्रति नेपाली दर्शकको रुचि देखिएको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर