यौन शोषणको शिकार बनेका बलिउड अभिनेत्रीहरु



रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटानाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् । कलिलै उमेरमा यौन शोषणको शिकार भएका अभिनेत्रीहरु सघर्ष गर्दै बलिउडमा स्थापित गराउन सफल भने भएका छन् । केही यस्ता बलिउड अभिनेत्रीहरु रहेका छन् जसले आफ्नो कालो बिगतको पर्दाफास गरेका छन् ।

बलिउडमा काम गर्ने सबै मानिसहरुको नियत सफा हुदैन भन्ने धेरैको भनाइ पनि यहाँ चरितार्थ हुन्छ । फिल्मका लागि काम दिलाइदिन्छु भन्दै सेक्सको प्रस्ताव राख्नेहरुको संख्या पनि उस्तै रहेको छ । केही बलिउड अभिनेत्रीहरुको बालअवस्था निकै दुखद रहेको छ । उनीहरु चायल्ड अब्युजको शिकार भएका छन् ।

उनीहरु आफ्नै नजिकका नातेदारहरुबाट शारिरीक तथा मानसिक रुपमा शोषणमा परेका छन् । केही अभिनेत्रीहरु त शिक्षकहरुबाट यौन शोषणमा परेका छन् । केही अभिनेत्रीलाई त शोषण भनेको के हो समेत थाहा नहुने अवस्थामा समेत यस्तो दर्दनाक अवस्थाबाट गुज्रिएका छन् ।

१. सोम अली
पाकिस्तानमा जन्मिएकी यी भारतीय अभिनेत्रीको एक समयमा सलमान खानसँग सम्बन्ध रहेको भन्दै ठुलो चर्चा भएको थियो । तर उनी बाल अवस्थामा रहँदा निकै एक व्यक्तिको घिनलाग्दो कार्यबाट गुज्रिएकी छिन् । यो कुरा सोमीले अमेरिकाको एक विश्वविद्यालयमा बताएकी थिइन् । त्यो घटना अझै पनि उनी भुल्न सकिरहेकी छैनन् ।

२. कल्कि कोचिन
उत्कृष्ट अभिनयका कारण चर्चामा रहने कल्कि बलिउडमा उनको स्थान महत्वपुर्णका साथ हेर्ने गरिन्छ । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्,‘ म सानो छदाँ मेरो रेप भएको थियो । म यो कुरा भुल्न खोज्छु तर सकिरहेको छैन । तर्साइरहेको छ ।’

३. सोफिया हायत
बलिउडमा हट एण्ड सेक्सी अभिनेत्रीको रुपमा परिचीत मानिने सोफिया हायातले एक अन्तर्वार्तामा आफु बलात्कार भएको रहस्य खोलेकी थिइन् । उनको बाल्यकाल निकै दर्दनाक रहेको बताएकी थिइन् । सोफियाको घरमा आउने एक अंकलले उनलाई सेक्स अब्युज गरेको थिए । उनी डिप्रेशनमा पनि गएकी थिइन् ।

४. अनुष्का शंकर
सितार बादक रबिशंकरकी छोरी तथा स्वयम पनि सितार बादक रहेकी अनुष्का शंकर समेत यौन शोषणको शिकार भएकी थिइन् । अनुष्काले दिएको जानकारी अनुसार उनको एक परिवारको एक साथीले उनको बारम्बार सेक्स अब्युज गरेका थिए । त्यो घटना सम्झिदा पनि उनी डरले काम्ने गर्छिन् ।

५. निकिता गोखले
कक्षा ११ मा पढ्दा निकितालाई उनकै शिक्षकले बारम्बार मानसिक तथा यौन शोषण गरेको थिए । हट एण्ड सेक्सी मोडल तथा अभिनेत्रीमा परिचीत निकिताले शिक्षकको त्यो व्यवहारले हालसम्म पनि पिछा नछोडेको बताउँछिन् ।

Comment