बल्झिँदै काजोल करण सम्बन्ध : काजोलकै कारण निर्देशक करणले अजयलाई चिन्दिन भनेपछि…



एजेन्सी- नायिका काजोल र निर्देशक करण जौहरको खटपटिले लामो समय बलिउड तताएका बेला फेरी अभिनेता अजय देवगणका बारेमा करणले गरेको कुरले फेरी बलिउड गर्माएको छ ।

हालै दिएको एक अन्तरवार्तामा करणले अजयको बारेमा भने, ‘म त्यो मान्छेलाई चिन्दिन भन्दै
त्यो मान्छे काजोलको श्रीमान होला तर मेरो कोही पनि होइन । न म उसलाई पहिले चिन्थेँ, न अहिले चिन्छु । उसको बारेमा म केही पनि बोल्न चाहन्न ।’

पछिल्लो समय आफूहरुबीचको बिग्रिएको सम्वन्धबारे टिप्पणी गर्दै आएका करणले कुनै पनि मित्रताको एक्सपायरी डेट हुन्छन्  भन्दै काजोल र आफ्नो मित्रताको डेट सकिइसकेको बताएको भारतिय मिडियाले उल्लेख गरेका छन् । तर करणको यस भनाइबारे अजय र काजोलले भने केही प्रतिकृया नदिएको बताइएको छ ।

Comment