अनुष्का र विराटको बाटो हिँड्दै क्रिकेटर जहिर र अभिनेत्री सागरिका, गरे इन्गेजमेन्ट



एजेन्सी । भारतीय चर्चित क्रिकेटर जहिर खान बलिउड अभिनेत्री सागरिका घाटगेसँग इन्गेज्ड भएका छन् ।

क्रिकेटर यूवराज सिंहको बिहे पार्टीमा एकसाथ देखिएपछि यी दुइ प्रेममा रहेको चर्चा सुरु भएपछि अहिले उक्त प्रेम झांगिदै विबाहको रप धारण गर्न सफल भएको हो ।

जुन कुरा जहिरले ट्विट मार्फत जानकारी दिँदै बताए लगत्तै उनलाई फ्यानले बधाईको ओइरो नै दिन थालेका छन् ।

आइपीएल टीम दिल्ली डेयर डेबिलका क्याप्टेन समेत रहेका जहिरको जोडी जस्तै अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली यस्तै प्रेम सम्बन्धका कारण चर्चामा छन् ।

Comment