काँग्रेस माओवादीमाथी यसरी जाइलाग्यो एमाले, दिएन संसद चल्न



काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारको संसद बैठक अवरुद्ध गरेको छ ।

संसोधन विधयेकमाथि सैद्धान्तिक छलफल सुरु गर्ने कार्यसूची भएपछि एमालेले संसद चल्न नदिएको संसद सचिवालय निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार स्थानीय तह पुनर्संरचना आयोगले सिफारिस गरेभन्दा बढी स्थानीय तहको संख्या बढाउन खोजिएको भन्दै एमालेले बिरोध गरेको हो ।

बैठक १५ मिनेटका लागि स्थगित हुने र त्यसपछि सुचारु हुने जनाइएको छ ।

Comment