निर्माता संघले भन्यो 'विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलापमा हो' — OSNepal

निर्माता संघले भन्यो ‘विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलापमा हो’

LC (KTM) September 18, 2022 0

काठमाडौं :

पछिल्लो समय चर्चामा रहेको फिल्म हो ‘प्रेमगीत ३’ । रिलिज अगावै फिल्म प्रचार प्रसार तिब्र बनाएको र हिन्दी भाषामा फिल्म बलिउडमा पनि रिलिज हुनेले पनि यसको चर्चा थप बलियो बनेको हो ।

यसै बिच आज नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन चलचित्र विकास बोर्डलाई आग्रह गरेको छ । नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ले कर छुटमा सहुलियत मागदाबी गरे पछि संघले बोर्डको ध्यानाकर्षण गराएको हो ।घका महासचिव सुनिलकुमार थापाले एक विज्ञप्ति जारी गर्दै कर छुटमा सहुलियत मागदाबी गरेको विषयमा ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा भनिएको छ,’ सिनेमा भनेको व्यापार मात्र होइन, यो भाषा, कला, साहित्य र संस्कृतिको द्योतक पनि हो । त्यसैले राज्यले प्रदान गर्ने सेवा, सुविधा र सहुलियत केवल नेपाली भाषाका सिनेमालाई मात्रै हुनुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

भाषा भनेको अभिव्यक्तिको माध्यम हो भने कला, साहित्य, संस्कृति र भेषभूषासँग पनि यसको अन्तर्निहित सम्बन्ध रहेको हुन्छ ।’ त्यस्तै संघले विदेशी भाषाको फिल्मलाई देखाएर स्वदेशीसरहको सेवा र सुविधाको मागदाबी गर्नु कानुनको बर्खिलापमा हुने ठहर समेत गरेको छ ।

साथै संघले ‘प्रेमगीत ३’ले नेपाली फिल्मको बजार विस्तारका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर