किर्गिज–ताजिक भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्योः किर्गिज मन्त्रालय — OSNepal

किर्गिज–ताजिक भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्योः किर्गिज मन्त्रालय

LC (KTM) September 18, 2022 0

याराभान-ताजिकिस्तानसँगको हालैको सीमा झडपमा कम्तिमा ३६ जनाको मृत्यु भएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको छ । (किर्गिज) बाटकेन क्षेत्रमा सशस्त्र द्वन्द्वको परिणाम स्वरूप मृत्यु हुनेको कुल सङ्ख्या ३६ र अन्य एक सय ३४ जना घाइते भएका मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने दिएको छैन । शुक्रबार युद्धविराम गर्न दुवै पक्ष सहमत भएपनि त्यसको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । शनिबार थप झडपपछि, रात केही घटनाबिना शान्तपूर्वक बितेको किर्गिज सीमा अधिकारीले आइतवार बिहान जानकारी दिएका छन् ।

देशको नेतृत्वले स्थितिलाई स्थिर बनाउन, द्वन्द्वको प्रयासलाई रोक्न शान्तिपूर्ण तरिकाले सबै उपाय गरिरहेको सीमा अधिकारीले बताएका छन् ।शनिबार, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षका नेतृत्वलाई स्थायी युद्धविरामका लागि वार्तामा संलग्न हुन आह्वान गर्नुभएको उहाँका प्रवक्ताले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर