सैफ करीनाको सम्बन्धबाट अक्षय कुमार खुसी थिएनन् — OSNepal

सैफ करीनाको सम्बन्धबाट अक्षय कुमार खुसी थिएनन्

LC (KTM) September 19, 2022 0

बलिउड इन्डस्ट्रीकी उत्कृष्ट अभिनेत्री करिना कपुर निकै चर्चित छिन् । उनले बलिउडका धेरै फिल्ममा काम गरिसकेकि छिन् । करीना कपुरको अभिनयप्रति फ्यानहरु पागल छन् । अभिनेत्रीले एक ठूलो बलिउड फिल्म क्षेत्रमा योगदान दिएकी छिन्। यससँगै उनले चलचित्र उद्योगका धेरै ठूला तथा दिग्गज कलाकारहरूसँग काम गरिसकेकि छिन् । हालै उनको एउटा खुलासा भाइरल भइरहेको छ ।

जसमा उनले फिल्म इन्डस्ट्रीमा एक यस्तो अभिनेता रहेको बताएकी छिन्, जो करीना र सैफको विवाह होस् भन्ने चाहँदैन थिए । करीना र सैफलाई यसरी नजिक आएको देखेर अक्षय कुमारले सैफलाई करिनाबाट टाढै बस्न सुझाव दिएका थिए । उनले सैफलाई भने कि यो करीना खतरनाक छ, उनको सम्पूर्ण परिवार खतरनाक छ। त्यसैले तिमी सावधान हुनुपर्छ ।

अक्षय कुमारले यति भनेपछि सैफले उनलाई सबै कुरा सम्हाल्ने बताएका थिए । फिल्मको सुटिङपछि सैफ अली खान र करिना कपूरले केही वर्ष एकअर्कालाई डेट गरेका थिए । त्यसपछि दुवैले विवाह गर्ने निर्णय गरे र एकअर्कासँग गाँठो बाँधे ।

अहिले यी दुबैको जोडी फिल्म इन्डस्ट्रीको पावर कपल मध्येको एक हो । योसँगै करिना कपुर खान र सैफ अली खानका पनि दुई सन्तान छन् । जसलाई उनले तैमुर अली खान र जहाँगीर अली खानको नाम दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर