अभिनेत्री श्वेताले पहिलो पटक सार्वजनिक गरिन् गर्भावस्थाको फोटो, तस्विरमा विजयन्द्र र श्वेता देखिए निकै खुशी — OSNepal

अभिनेत्री श्वेताले पहिलो पटक सार्वजनिक गरिन् गर्भावस्थाको फोटो, तस्विरमा विजयन्द्र र श्वेता देखिए निकै खुशी

LC (KTM) September 19, 2022 0

काठमाडौं :

अभिनेत्री श्वेता खड्काले गर्भवती भएको फोटो पहिलो पटक सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्विरमा उनी निकै खुशी र सुन्दर देखिएकी छन् । कालो लुगामा खुलेकी उनी पतिका साथ देखिएकी छन् ।

उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा दुईवटा तस्बिर पोस्ट गरेकी छिन् । तस्बिरमा श्वेताले कालो पहिरन लगाएकी छिन् भने उनका श्रीमान् विजयन्द्र सिंह रावत निलो सर्ट र कालो पाइन्टमा देखिएका छन् ।

‘प्रेगनेन्सी पिक्चर्स’, ‘वर्किङमम’, ‘बेबी बम्प’, ‘ब्लेस्ड’ लगायतका कि–वर्ड प्रयोग गरेकी छिन् । उनको यो पोस्टमा लगभग ११ हजारले लाइक गरेका छन् उत्तिकै बधाइ दिइरहेका कमेन्ट आइरहेका छन् ।

उनले फोटो पोस्ट गर्दै विभिन्न ह्यासट्यागसमेत प्रयोग गरेकी छिन् ।उनले कार्तिकमा पहिलो सन्तानलाई जन्म दिँदै छिन् । यो जोडीले गत वर्ष धुमधामका साथ बिहे गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर