पठाओलाई टक्कर दिँदै नेपाली ब्यबसायीले ल्याए पुर्याइदेउ एप — OSNepal

पठाओलाई टक्कर दिँदै नेपाली ब्यबसायीले ल्याए पुर्याइदेउ एप

LC (KTM) September 19, 2022 0

काठमाडौँ । नेपालमा लोकप्रिय बन्दै गएको राइडिगं सेयर एप थप फस्टाउँदै गइरहेका बेला अर्को एप पुर्याइदेउ लञ्च गरिएको छ ।आइतबार राजधानीमा एक कायृक्रमको आयोजना गर्दै पुर्याइदेउ लञ्च गरिउको हो । झण्डै ३ वर्षअघि स्थापना भएको मोटरसाइकल यातायात व्यबसाय प्रालि अन्र्तगत निर्माण भएको एपमा नेपाली युवा लगानीकर्ताहरु रहेका छन् ।

यो एपमा नेपाली प्राविधिकहरुको लगानी तथा निर्माण रहेको छ । नेपालमा विदेशी लगानीकर्ताहरुले एकपछि अर्को गर्दै विदेशी एपहरु भित्र्याएर नेपाली पैसा विदेश पठाइरहेको अवस्थामा नेपाली युवाहरु मिलेर नेपाली पैसालाई नेपालमा नै रोक्ने उदेश्यसहित पुर्याइदिेउलाई प्रयोगमा ल्याउन लागेको छ ।

यो एप अन्य भन्दा भिन्न पनि यस अर्थमा छकी यो देशभरका ठूला शहरहरुमा एकसाथ लञ्च गरिउको छ । पुर्याइदेउ एपमा अनलाइन मोटरसाइकल, सामान ओसारपरास गर्न आवश्यक पर्ने सवारी साधान, घरखाजा र एम्बुलेन्स बुकिगंको समेत सुविधा रहेको छ ।

यो एप तत्कालका लागि काठाडौँ उपत्यकासहित, गण्डकी प्रदेश, लुम्बिनी र दुई नम्बर प्रदेशमा आइतबार बाट नै लागू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर