बैंकिङ कसूर मुद्दामा फरार भएका ३७ वर्षीय रन्जित नयाँबानेश्वरबाट पक्राउ — OSNepal

बैंकिङ कसूर मुद्दामा फरार भएका ३७ वर्षीय रन्जित नयाँबानेश्वरबाट पक्राउ

LC (KTM) September 19, 2022 0

काठमाडौं, ३ असोज :

बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका–१ ठेगाना भई हाल ललितपुर महानगरपालिका–१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्का छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर