चुनाव आउनै लाग्दा पार्टीको कार्यक्रम छोडेर करिश्मा फेरी फिल्ममा…(हेर्नुस् भिडियो)



काठमाडौँ । मुलुकमा स्थानीय निकायको निर्वाचनको माहोल छाउँदै गइरहेका बेला नयाँ शक्ति पार्टीमा आवद्ध नायिका करिश्मा मानन्धर फेरी अभिनयमा फर्किएकी छिन् ।

लामो समय पार्टीमा लागेर आफ्नो कलाकारितालाई थाँती राखेकी करिश्मा फिल्म ‘तिमी सँग’ को सुटिङमा ब्यस्त बनेकी छिन् । कलाकार शिशिर राणाको लेखन, निर्देशन र निर्माण रहेको फिल्म ‘तिमी सँग’ मा करिश्माले एउटा गीतमा अभिनय गरेकी छिन् ।

लोक लयको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेन र अनुपम श्रेष्ठले कम्मर मर्काउने भएका छन् । ७ वटा गीत समावेश फिल्मको छायांकन छिट्टै नै सकाएर प्रदर्शन मिति सार्वजनिक गर्ने निर्देशक तथा निर्माता राणाले जानकारी दिए ।

Comment