संसदमा झडप हुँदा १० सांसद घाइते : धेरैको टाउकोमा चोट



एजेन्सी : एक फरक जातीका सांसद सभामुखमा निर्वाचित भएपछि मेसेडोनियाँको सांसदमा झडप भएको छ । अल्बेनियाली जातीय नेता संसदको सभामुखमा निर्वाचित भएपछि सांसदमा हंगामा भएको हो।

सांसदहरुको भिडन्तमा त्यहाँको समाजवादी पार्टीका नेतासहित १० जना घाइते भएका छन् । अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ।

संसदमा भएको झडपमा त्यहाँका पूर्व प्रधानमन्त्री निकोला ग्रुएभस्कीको भिएमआरओ पार्टीका समर्थक सांसद समेत सहभागी भएको बिबिसीले जनाएको छ । उनीहरु लामो समयदेखि चुनावको माग गर्दै आएका थिए।

चुनावको माग गर्दै आएका सांसदले सत्तारुढ दलका नेताको आलोचना सामाजिक सञ्जालमा समते गर्दै आएका थिए । अहिले सामाजिक सञ्जालमा सत्तारुढ समाजवादी प्रजातान्त्रिक पार्टीका नेता जोरान जायफको अनुहारबाट रगत झरिरहेको तस्वीर पोष्ट भएका समाचारमा उल्लेख गरिएको छ।

मेसेडोनियाँमा पूर्व युगोस्लाभ गणतन्त्रमा गएको डिसेम्बरमा भएको आमचुनावको परिणाम अनिर्णित भएपछि राजनीतिक संकट सुरु भएको छ । त्यहाँदुई वर्षअघिको ‘फोन ट्यापिङ’ विवाद यता निरन्तर राजनीतिक संकट गहिरिदै गएको छ।

Comment