सरकारले अध्यादेश ल्याउन लागेको छैन : कानुनमन्त्री शर्मा — OSNepal

सरकारले अध्यादेश ल्याउन लागेको छैन : कानुनमन्त्री शर्मा

LC (KTM) September 20, 2022 0

काठमाडौं, ४ असोज :

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउन लागेको हल्ला निराधार रहेको भन्दै खण्डन गरेका छन् ।

काठमाडौंमा मंगलबार एड्भोकेसी फोरमले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संक्रमणकालीन न्यायसम्बन्धी कानुनअघि बढाउन सरकारले अध्यादेश ल्याउन लागेको निराधार हल्लालाई विश्वास नगर्न आग्रह गरेका हुन् ।

दलहरुबीच सहमति जुट्न नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका उनले तर, कानुन निर्माणमा ढिलाइ भएकै आधारमा कोही निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

सबै पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले द्वन्द्वपीडितको वर्गीकरण गरिएको बताए । उनका अनुसार विभिन्न मापदण्डका आधारमा पीडितको वर्गीकरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर