बेलकोटगढीका सडकमा दसैँअगावै गाडी चल्ने — OSNepal

बेलकोटगढीका सडकमा दसैँअगावै गाडी चल्ने

LC (KTM) September 20, 2022 0

त्रिशूली-नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेका सडकमा दसैँअगावै गाडी सञ्चालन हुने गरेर मर्मतसम्भार गरिने भएको छ ।बर्खायामको बाढीले क्षति पु¥याएसँगै अवरुद्ध भएका सडक दसैँअघि नै मर्मतसम्भार गर्न बजेट विनियोजन गरिएको छ । पालिकाभित्र रहेका अधिकांश सडक बर्खायाममा क्षति पुगेर अवरुद्ध बनेकाले दसँैअघि नै सञ्चालन गर्न बजेट विनियोजन गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही सातादेखि काम सुरु गर्न नगरमा रहेका १३ वटै वडालाई रु सात लाख दरले बजेट उपलब्ध गराइएको छ । “अहिले उपलब्ध गराइएको बजेट पर्याप्त नभए पनि काम सुरु गर्न सहज बनाएका हाँै”, नगरप्रमुख गुरुङले भन्नुभयो, “आवश्यकताका आधारमा बजेट अपुग भएको स्थानमा नगरले ‘विशेष सम्बोधन’ गर्नेछ ।”
स्काभेटर (हेभी उपकरण) प्रयोग गरेर विस्तार गरिएका सडक अधिकांश जेठको अन्तिम साता परेको अविरल वर्षात्पछि अवरुद्ध छन् ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र प्राविधिक सर्वेक्षण नगरी उपभोक्ता समितिमार्फत विस्तार गरिएका सडकलाई दिगो बनाउन अब नगरले नेतृत्व लिने उपप्रमुख शिवप्रसाद दाहालले बताउनुभयो । कानुनअनुसार उपप्रमुख अनुगमन समितिको संयोजकसमेत हुने भएकाले दसैँअगावै सञ्चालन गर्न लागिएका सडकमा ढल, नालीको व्यवस्था, आवश्यकताअनुसार स्तरोन्नति, दायाँबायाँ संरक्षण (टेवा वाल) दिएर विस्तार गरिएका सडकलाई टिकाउ बनाउन जोड दिने उपप्रमुख दाहालको योजना छ ।

बेलकोटगढी नगरपालिकाले अहिले प्रत्येक वडालाई रु सात लाखको दरले छुटयाएको बजेटले वडास्तरीय उपभोक्ता समिति बनाएर उपलब्ध भएसम्म श्रमिक र त्यो सम्भव नभएमा तथा ठूलो अवरोध हटाउन उपकरण प्रयोग गरेर जतिसक्दो चाडो काम गर्न जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

साविकको छ गाविस मिलेर बेलकोटगढीकोे संरचना बनेको छ । नगरपालिकाको क्षेत्रफल एक सय ५५ दशमलव ६ वर्ग किमीमा फैलिएकाले विकासको पूर्वाधार विस्तार एवं निर्माणमा विभिन्न चुनौती छ । पर्याप्त सम्भावनाको आशा लिएर विकासका अवरोधको सामना गरेर नगरपालिका अघि बढिरहेका प्रमुख प्रशासकीय अधिकृत पण्डितको भनाइ छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर