इन्डियन प्रिमियर लिगमा हैदरावादले पञ्जाबलाई २६ रनले हरायो



काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको शुक्रबार रातिको खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पञ्जावलाई २६ रनले हराएको छ।

हैदरावाले दिएको दुई सय ८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८१ रन मात्रै बनायो।

शान मार्सले ८४, इयोन मोर्गानले २६ तथा मार्टिन गुप्टिलले २३ रन बनाए पनि जितका लागि असफल भयो । हैदरावादका आशिष नेहरा र सिद्धार्थ काउलले तीन तीन विकेट लिए ।

सँगै भुवनेश्वर कुमारले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा दुई सय सात रन बनायो । उसका लागि शिखर धवनले ७७, केन विलियम्सनले नटआउट ५४ तथा कप्तान डेविड वार्नरले ५१ रन बनाए ।

Comment