बालेनको नजर फेरि डिजिटल बोर्ड र विज्ञापनमा, भने 'अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन कसैले नराख्नु' — OSNepal

बालेनको नजर फेरि डिजिटल बोर्ड र विज्ञापनमा, भने ‘अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन कसैले नराख्नु’

LC (KTM) September 21, 2022 0

काठमाडौं, ५ असोज:

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ ।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।

‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर