नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत : नेता यादव — OSNepal

नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत : नेता यादव

LC (KTM) September 21, 2022 0

हेटौँडा-जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताउनुभएको छ ।

आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आउनुभएका नेता यादवले विधेयक प्रमाणीकरण नहुन्दा मानवअधिकार खोसिएको बताउनुभयो । उहाँले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर