चर्चित कमेडियन कपिल शर्मा अभिनित फिल्म 'ज्विगाटो'को ट्रेलर सार्वजनिक (भिडिओ) — OSNepal

चर्चित कमेडियन कपिल शर्मा अभिनित फिल्म ‘ज्विगाटो’को ट्रेलर सार्वजनिक (भिडिओ)

LC (KTM) September 21, 2022 0

काठमाडौं, असोज ३-

भारतीय अभिनेता तथा कमेडियन कपिल शर्माको नयाँ फिल्म ज्विगाटोुको ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा उनी गम्भीर भूमिकामा देखिएका छन्। दर्शक हँसाएर चर्चा कमाएका कपिल फिल्ममा उनी ज्विगाटो नामक खानेकुरा कम्पनीका डेलिभरी ब्वाइका रूपमा देखिएका छन् ।

कपिलको पेसा र निजी जीन्दगीलाई देखाइएको उक्त ट्रेलर मा लिभरी गर्ने एक व्यक्तिको कामले अरूको पेट भरेर सन्तुष्टि दिलाए पनि यो भागदौडमा उसको निजी जीन्दगीको सन्तुलन बिग्रिएको कथा यसमा पस्किएको छ।फिल्मको निर्देशन नन्दिता दासले गरेकी हुन् ।

यही फिल्मको सुटिङका लागि कपिलले केही समय आफ्नो चर्चित कार्यक्रम ‘द कपिल शर्मा’ केही समय स्थगित गरेको बताइएको छ। गत सेप्टेम्बर १० देखि भने द कपिल शर्मा शोको नयाँ सिजन सुरू भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर