कमेडियन राजु श्रीवास्तवको पोस्टमार्टमपछि आजै अन्तिम संस्कार गँरिदै — OSNepal

कमेडियन राजु श्रीवास्तवको पोस्टमार्टमपछि आजै अन्तिम संस्कार गँरिदै

LC (KTM) September 22, 2022 0

मुम्बई, ६ असोज:

४२ दिनसम्म अस्पतालको भेन्टिलेटरमा रहेका कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको बुधबार बिहान निधन भयो । उनको स्वास्थ्य लाभको कामना गरिरहेकाहरू उनको निधनसँगै दुःखी बनेका छन् । उनको अहिले अन्तिम संस्कारको तयारी चलिरहेको छ ।

यही बीचमा नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ । एम्स फरेन्सिक विभागका प्रमुख डा। सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए । ‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ । पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन् ।

उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन् । ‘सुरुवातमा जब उनलाई एम्समा ल्याइयो, उनी होसमा थिएनन् । परिवारले हामीलाई जिममा दौडिरहँदा लडेको बताएका थिए । जसकारण हामी स्पष्ट हुन सकेनौं । त्यहीकारण हामीले पोस्टमार्टम गर्ने निर्णय लिएका हौं’, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर