मनिषा कोइरालाको यो रुप देख्दा कसलाई दुख लाग्दैन ?



काठमाडौं : मानिस बुढो हुनुलाई मृत्यु नजिक पुगेको ठान्छन् । अधिकांश मानिसमा बुढेसकाल लाग्यो कि मर्ने नै चिन्ता हुन्छ ।

एकताकाकी चर्चित अभिनेत्री मनिषा कोइरालाको नयाँ रुपले सबैलाई दुःखी बनाएको छ । भर्खरै मात्र क्यान्सर रोगबाट मुक्ति पाएकी मनिषाको साँच्चै वास्तविक रुप यही हो अर्थत् के भन्ने चिन्ता समेत धेरैमा बढेको देखिन्छ।

बलिउमा सौदागर, लभ स्टोरी, मनजस्ता चर्चित भन्दा चर्चित चलचित्रमा अभियन गरेकी मनिषा केही समय आराम, योग र ध्यायन गरेर पुनः बलिउड चलचित्रमा फर्किएकी छिन्।

मनिषाले सञ्जय दत्तको बयोपिकमा अभिनय गर्दैछिन् । जुन फिल्मको निर्देशन राजकुमार हिरानीले गरिरहेका छन्।

चलचित्रमा मनिषाको हुलिया एकदम फरक देख्न सकिन्छ । उनको भूमिका देख्दा लाग्छ उनी नायिका त हुँनै सक्दिनन् ।

उनले चलचित्रमा एक निरिह महिलाको रुपमा भूमिका निर्वाह गरिहेकी छिन् । चलचित्र छायांकन क्रममा लिएका तस्बिर सार्वजनिक भएपछि मनिषाको यो रुपमा देख्दा धेरै मानिस चकित भएका छन्।

Comment