शरीरको बोसो घटाउन तिर्यक ताडासन



दीपक नेपाल योग प्रशिक्षक
आजकल सहरिया जीवनशैलीले मानिसमा मोटोपनको समस्या अत्यधिक देखिन थालेको छ । शरीरमा भएको मोटोपनका कारण धेरै मानिस दिक्दार भइरहेका छन् । यही मोटोपनले शरीरमा विभिन्न प्रकारका रोग निम्त्याइरहेको पनि छ । शरीरमा भएको अनावश्यक मोटोपन घटाउन हामीले योगलाई माध्यम बनाउन सक्छौँ । शरीरको मोटोपन घटाउन गरिने तिर्यक ताडासनबारे योग प्रशिक्षक दीपक नेपालका सुझाब यस्ता छन्स्

शरीरलाई दायाँ–बायाँ ढल्काएर गरिने भएकाले यो आसनलाई तिर्यक आसन भनिएको हो । यस्तो अवस्थामा शरीर सन्तुलन गर्न नसक्नेले योग चिकित्सकको सहयोग लिनुपर्छ ।
सबैभन्दा पहिले योगम्याटमा आरामले बस्नुपर्छ । योगमा सबैभन्दा महŒवपूर्ण कुरा श्वासप्रश्वास र ध्यान हो । हामीले शरीरको गतिविधिसँगसँगै योग र ध्यानमा विशेष विचार पु¥याउनुपर्छ । त्यसपछि बिस्तारै अब सुरु गर्न लागिएको आसनबारे मस्तिष्कमा तस्बिर उतार्नुहोस् ।
अब बिस्तारै दुवै खुट्टा एकै ठाउँमा जोडेर उभिनुहोस् । त्यसपछि शरीरलाई तनक्क तन्काएर तयारी अवस्थामा राख्नुपर्छ ।
अब श्वास लिँदै दुवै हत्केलालाई बिस्तारै माथि लानुहोस् । अर्को चरणमा श्वास छोडेर दुवै हत्केला जोडेकै अवस्थामा शरीरलाई दायाँ ढल्काउनुहोस् ।
त्यही अवस्थामा ३० सेकेन्डदेखि एक मिनेटसम्म रहन सक्नुपर्छ । यसलाई सन्तुलन गर्नका लागि अर्कोपट्टिबाट पनि गर्नुहोला ।
नयाँ पत्रिकाबाट

तिर्यक ताडासनका फाइदा
हाम्रो शरीरको दायाँ–बायाँ शरीरको मांसपेशीलाई राम्रो गर्छ ।
यो आसनले शरीरको अनावश्यक बोसो घटाई शरीर आकर्षक देखाउँछ ।
यो आसन नियमित गर्दा मिर्गौला, कलेजो, फियोमा विशेष लाभ प्राप्त हुन्छ ।
पाचन शक्तिलाई उचित तरिकाले सक्रिय तथा क्रियाशील बनाउन यो आसनले मद्दत गर्छ ।
यो आसनले पूरै शरीर सक्रिय हुने कारण शिरदेखि पाउसम्म मांसपेशीलाई चलायमान बनाउँछ ।

Comment