अमेरिकालाई चेतावनी दिँदै उत्तर कोरियाले भन्यो जतिबेलापनि मिसाइल परीक्षण गर्न सकिन्छ



एजेन्सी – उत्तर कोरियाले कुनै पनि बेला र कुनै पनि ठाउँमा आफूले न्युक्लियर मिसाइल परीक्षण गर्ने धम्की दिएको छ।

अन्तराष्ट्रिय मिडियाका अनुसार किमले कुनै पनि बेला र जुनसकै ठाउँमा न्युक्लियर मिसाइल परीक्षण गर्ने चेतावनी दिएको बताइएको छ ।

उत्तर कोरियाका विदेश मन्त्रालयका प्रवक्ताले आफूमाथि कुनै पनि सैन्य कारवाही गरिए त्यसको जवाफ न्युक्लियर मिसाइलले दिने चेतावनी यसअघि पनि दिइसकेका थिए ।

अमेरिका र उत्तर कोरियाबीचको तनाव उत्कर्षमा रहिरहेका बेला उत्तर कोरियाबाट यस्तो डरलाग्दो चेतावनी बाहिर आएको हो।

Comment