शिब श्रेष्ठको गल्ती मेरो गीतको भीडियो सार्वजनिक



काठमाडौँ- यदी कसैले तिमीलाई चोखो माया गर्छ भने उस्लाई झुक्केर पनि धोका नदिनु र यदी तिमीलाई कसैले धोका दिन्छ भने उस्को बिछोडमा तद्पिनु ,कुलतमा लाग्नुको सत्ता माया लाई नै तागत बनाइ प्रगतिशील काममा लागि आफ्नो भविस्य उज्ज्वल बनाउनु पर्छ।

यस्तै भाव को साथमा अष्ट्रेलियामा सुरेन्स फोतोग्राफी नामले परिचित सुरेन्स फोतोग्राफी एन्द टिमले आफ्नो सातौ म्युजिक भिडियो रिलिज गरेका छन। हरेक भिडियोलाई कथामा उतारी सामाजिक सन्देश दिन खप्पिस सुरेन्स फोतोग्राफी एन्द टिमले यस पटक भने लम्जुङे गायक शिव श्रेष्ठ को पहिलो गीत गल्ती लाई निकै नै हृदय इस्पर्शी तरिकाले प्रस्तुत गरेका छन जुन बिदेशिएका धेरै नेपाली बिद्यार्थीहरुको जीवनमा मेल खान सक्छ। यस् गीत मार्फत अजय तमाङले देबुत गरेका छन भने उन्लाई रुबिना श्रेष्ठ र दिलिप पौडेल ले साथ दिएका छन।

अष्ट्रेलियाको बिभिन्न ठाउमा छायान्कन गरिएको यस् भिडियोलाई टेक बयल कोती ले छायान्कन, सुदिप श्रेष्ठले सम्पादन र स्वयम सुरेन श्रेष्ठले निर्देशन् गरेका छन । ४ मिनेटको छोटो फिलिम हेरे जस्तो अनुभव हुने यस् भिडियो आफुले बनाएको भिडियो हरुमा सबै भन्दा उत्कृष्ट रहेको फोटोग्राफर तथा निर्देशक सुरेन श्रेष्ठ बताउछन।

Comment