गुटगत राजनीति अन्त्य गर्न मरो उम्मे्दवारी: नेपाल



madhavएनपी न्यूज डटनेट, जेठ २१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा विचारभन्दा पनि गुटगत राजनीति हावी हुँदै गएको सन्दर्भमा आफ्नो उम्मेदवारी आएको बताएका छन् ।

नारायणी प्रेस क्लबको बुधबार राजधानीको अनामनगरमा उद्घाटन गर्दै नेता नेपालले एमालेमा अहिले पार्टीमा टपर्टुय्याँको पङ्क्ति बलियो बन्दै गएको आरोप लगाए ।

यस्तो प्रवृत्तिले पार्टीमा अराजकता निम्ताउने र विचार, बहस र सिद्धान्तभन्दा बाहिर गई पार्टीलाई बदनाम गर्ने उनको भनाइ थियो ।

नेपालले सरकारले सोचेजस्तो कार्य गर्न नसकेको बताउँदै एमाले मन्त्रीहरुलाई राम्रो कार्य गरी मुलुकमा सुशासन तथा स्थायित्व कायम गर्न भूमिका खेल्न आग्रह गरे।

Comment