गणतान्त्रिक राष्ट्रिय मोर्चाको बन्दले इलामको जनजिवन प्रभावित



(एनपि न्यूज डटनेट) ०३ भदौ- पूर्ण समानुपातिक प्रणालीको निर्वाचन सहित विभिन्न १६ बुदे माग अघि सार्दै नौं दल सहभागी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आह्वान गरेको एक दिने आम हड्तालका कारण आज इलाम लगायत अरुण पूर्वीका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण इलाममा आज विहानै देखि साना तथा ठूला कुनै पनि सवारीका साधन चल्न सकेका छैनन् ।

भने, प्रहरी,पत्रकार कुटनितिक नियोग,दुधका गाडी बाहेक सम्पूर्ण शैक्षिक संस्था, पसल लयागत कलकारखाना आज विहानै देखि नचलेको प्रहरील जनाएको छ ।

यता विहानै देखिको वन्दले इलाममा कुनै पनि अप्रिय घटना भने अहिले सम्म नभएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी नायव उपरिक्षक भीमबहादुर दाहलले जानकारी दिनुभयो । उहाँका अनुसार इलाममा वन्दकर्ताहरुको वन्दबाट सर्वसाधारण जनतालाई कुनै पनि घटना घट्ने सम्भावना नहोस भनि विहानै देखि सुरक्षाकर्मीलाई विभिन्न ठाउँमा सुरक्षा दिन खटाइएको बताइएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका नौं दलको उक्त मोर्चाले दाबी गरेको लिम्बुवान,खम्बुवान,थारुहट,कोचीला र मधेशमा आम हड्तालको आह्वन गरेको हो । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आह्वान गरेको एक दिने आम हड्तालका कारण आज इलाम सहित पूर्वी नेपालको जनजीवन प्रभावित भएको हो ।

Comment