जसपाका मन्त्री हटाउने पक्षमा प्रधानमन्त्री, गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट — OSNepal

जसपाका मन्त्री हटाउने पक्षमा प्रधानमन्त्री, गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट

LC (KTM) October 13, 2022 0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ ।

स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट छन् ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्न गएका जसपाका चार मन्त्रीलाई सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले बिनाविभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर