ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन — OSNepal

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

LC (KTM) October 14, 2022 0

साओ पाओलो -ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो । पब्लिब सर्भिस् इन्टरनेशसन (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरुमा चार हजार पाँच सयको ज्यान गएको पाइएको हो ।

ती स्वास्थ्यकर्मीहरुको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ मा गरेर ज्यान गएको हो । यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो । यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरु ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए ।

ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसहरुको निधन भएको देश हो । यहाँ छ लाख ८७ हजारजनाभन्दा बढीको ज्यान गएको छ ।कोभिडबाट सबैभन्दा बढी संक्रमित भएका देश भारत र अमेरिका हुन् । तर कोभिडबाहु भएको मृत्यु दर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ ।

पिएसआइले विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ । यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्थाहरु पनि जम्मा पारेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर