अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना — OSNepal

अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना

LC (KTM) October 14, 2022 0

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलो पटक खुला स्थानमा ‘नेपाल अमेरिकन म्युजिक फेस्टिभल’ आयोजना गरिएको छ । बुद्ध कर तथा लेखा विभागका सीपीए पशुपति श्रेष्ठ, रेभेल इभेन्ट्स इन्कका राजेश हमाल र न्युयोर्कका रियल स्टेट सेल्स म्यान नवराज केसीले पहिलोपटक खुला स्थानमा यो फेस्टिभल आयोजना गरेका हुन् ।

न्युयोर्ककका मेयर एरिक एडम्सको उपस्थितिमा भएको कार्यक्रममा करिब ४ हजार दर्शकको उपस्थिति थियो । कार्यक्रममा नेपाली गायक तथा नर्तकहरूले नेपाली, अमेरिकी र बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

मेयर एरिकले नेपाली सङ्गीत र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्न फेस्टिभल आयोजना गरेकामा आयोजकलाई बधाई दिएका थिए । मेयर एरिकले कार्यक्रममा गायिका सपनाश्री, फिरोज स्याङदेन, पेमा छेवाङ शेर्पा र सुरजसिंह ठकुरीलाई अवार्ड प्रदान गरेका थिए ।

सुरज सिंहले सञ्चालन गरेको कार्यक्रममा फिरोज स्याङ्देन, हरि कर्माचार्य (अन्धो मान्छे), दीपेशकिशोर भट्टराई, सञ्जीप प्रधान, रेश्मा सुनुवार, तिलक बम मल्ल, विमल डाँगी, निशा सुनार र सञ्जोक योञ्जनले गीत गाउँदा कविना सिंह, येसेर्ग गुरुङ र रुतमान गुरुङ, अरमानी महर्जन, ममता राई र बनसन्त डान्स सेन्टरले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा डीजे जाङ्गोले पनि दर्शक झुमाएका थिए ।

कार्यक्रममा पर्यटन दूत प्रदीप श्रेष्ठ, केशवराम राई, क्विन्सका एसेम्बली म्यान स्टिभन रागा र फिप्नाका अध्यक्ष राजकुमार बिष्टको उपस्थिति थियो । आयोजकमध्येका नवराजले न्युयोर्कको क्विन्समा बसोबास गर्ने विदेशीलाई नेपाली सङ्गीत र संस्कृतिको परिचय गराउनु रहेको बताए । उनले फेस्टिभललाई डाइभर्सिटी प्लाजा, क्विन्समा वार्षिक कार्यक्रम बनाउने र अमेरिकामा नेपाली सङ्गीत र संस्कृतिको प्रवद्र्धन गर्ने खुलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर