कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आफू आएको हैनःरेखा थापा — OSNepal

कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आफू आएको हैनःरेखा थापा

LC (KTM) October 16, 2022 0

मोरङ । शनिवार बिहानैदेखि टण्टलापुर घाम लागिरहेको थियो। तीनै घाम प्रचण्ड गर्मीको बिचमा मोरङ क्षेत्र–३ अन्तर्गत कानेपोखरीमा पर्ने बरगाछी,त्रिवेणी चोक, बयरबन बजार लगायतमा लोकप्रिय नायिका तथा राप्रपा नेतृ रेखा थापाको ब्यग्र प्रतिक्षामा थिए,स्थानीय। रेखा मोरङ ३ नम्बर क्षेत्रबाट राप्रपाबाट प्रतिनिधी सभा उम्मेदवार हुन्।

पर्दामा मात्र देखिएकी नायिका रेखा प्रत्यक्ष भेटघाट गर्न सबैजना आतुर थिए। यत्तिकैमा रातो रङको कारमा सवार नायिका थापा बरगाछी चौक आइपुगिन्। सबैमा खुशीको सीमा रहेन। सँगसँगै आक्रोश पनि।आक्रोश यसकारण थियो की २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् पटकपटक भएका आम निर्वाचनमा सुकुम्वासी समस्या समधान गर्ने झुटो आश्वासन दिएर केही नेताले त्यस क्षेत्रको मत प्राप्त गरी चुनाव जिते। सांसद बने। मन्त्री बने। तर गाउँ फर्केनन्। समस्या ज्यूँका त्यूँ छन्।

भूमिसम्बन्धी जटिल समस्याबाट ग्रसित किरात चोकका वासिन्दा प्रमुख राजनीतिक दलका नेताहरूबाट आजित भएका कारण उनीहरूले सुरूमा रेखा थापा त्यहाँ पुग्दा एकहोरो प्रश्नहरू तेर्स्याइ रहे।

‘हामीले धेरैपटक नेताहरूलाई भोट दिएर जितायौं, तर केहीपनि गरेनन, हाम्रो जग्गाको समस्या जस्ताको त्यस्तै छ’, स्थानीय शुशीला रिमालले नायिका थापासँग प्रश्न गरिन्, ‘कतै तपाई पनि त्यसरी नै भोट मात्र माग्न आउनुभएको त होइन ?’

प्रत्युत्तरमा नायिका थापाले कलाकारिता गरेर कमाएको इज्जत लिलामी गर्न आफू यहाँ नआएको स्पष्ट पार्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन्। ‘यहाँको समस्या तपाईहरूको मात्र होइन, मेरो आफ्नै समस्या हो’, उनले भनिन्, ‘यदी मलाई मत दिएर संसद पठाउनु भयो भने यहाँको आवाज बुलन्द गर्ने छु, नत्र तपाईहरूलाई नै लिएर सिँहदरबार जानेछु।’

विगतमा पनि आफूले भूमि सुधार मन्त्रालय गएर सुकुम्वासी समस्या समधानका लागि आवाज उठाएको जानकारी दिँदै नायिका थापाले नीति निर्माण तहमा पुगेर आधिकारिकरूपमा भूमिसम्बन्धी तड्कारो समस्या समधानका लागि पहल गर्ने बताइन्।’

नायिका थापाले त्यहाँका बासिन्दालाई आफ्नो सपना बन्दकी नराख्न आग्रह गरेकी छन्। ‘उम्मेदवारको पृष्ठभूमी हेरेर मतदान गर्नुहोस्। युवालाई मतदान गर्नुहोस्। तर आफ्नो सपना बन्दकी नराख्नुहोस्’, उनले भनिन्।

त्यहाँ उपस्थित जनसमुदायले नायिका थापासँग चलचित्रमा देखाएको सकरात्मक भूमिका रियल लाइफमा पनि देखाउन आग्रह गरेका छन्। त्यसमा सहमती जनाउँदै नायिका थापाले आफूले चुनाव जितेमा जनताको पिरमर्का र समस्यालाई सम्बोधन गर्न तयार रहेको बताइन्।

अधिकांश स्थानीय वासिन्दाले यसपटक युवा उम्मेदवारलाई मतदान गर्ने राय व्यक्त गरेका छन्। ‘२०३६ सालदेखिको भूमिसम्बन्धी समस्यालाई एजेण्डा बनाएर चुनावमा धेरैजना आए। चुनाव जिते। तर केही पनि गरेनन्’, कानेपोखरी बयोबृद्ध भरत राईले भने,अब यसपटक नयाँ उम्मेदवारका लागि हामी सबैले अभियान नै चलाउनुपर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले आफू राजनीति गर्न गाउँ नआएको तर काम गर्न आएको प्रष्ट पारिन्। आफूले चुनाव जितेमा जनताको अभिमतलाई खेर जान नदिने उनले बताइन्।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा राप्रपाले मोरङ क्षेत्र–३ बाट संघीय संसदको उम्मेदवार बनाउने निश्चित् भएपछि नायिका थापाले व्यक्तिगत भेटघाट तीब्र पारेकी छन्।

यसअघि थापा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने कानेपोखरी, बेलबारी र सुन्दरहँरैचाका ग्रामीण वस्तीहरू गएर त्यसक्षेत्रका स्थानीयसँग भेटघाट गरी समस्या र गुनासो सुनिरहँदै काम गर्ने प्रतिवद्धता ब्यक्त गरिन्।

मोरङ–३ मै पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा घरदैलोमा जादा आफू नेता नभइ छोरी, दिदीबहिनीका रुपमा प्रस्तुत गर्छिन् । घरदैलोमा उनीसँग फोटो खिच्ने र बोल्न चाहनाको भिड लाग्छ ।
‘हामीले विगतमा अरू पार्टीका उम्मेदवारलाई भोट दियौं, तर केहीपनि गरेन’, कानेपोखरी–५ का कुल्दन यादवले भने, ‘यसवर्ष हामी रेखा थापालाई भोट दिन्छौं।’ धर्म र संस्कृतिको रक्षाका लागि समेत यसवर्ष राप्रपालाई भोट दिने उनको भनाई थियो।

राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी थापाले नेपाली जनताले सही नेता छान्न सकेमा मात्र देशको हित हुने राय व्यक्त गरिन्।

देश बिग्रेमा सारा नेपाली जनताले दुःख पाउने बताउँदै थापाले अबको निर्वाचनमा स्वच्छ छवी भएका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिन्। ‘म नेता बन्न आएकी होइन, सेवाको भाव लिएर आएकी हुँ’, नायिका थापाले भनिन्, ‘त्यसैले अव तपाईहरू सही नेता छान्नुहोस्, त्यो तपाईहरूको अधिकार हो।’

रेखा थापा उम्मेदवार बन्ने थाह पाएपछि मतदाताहरु निकै हर्षित भएका छन्। उनीहरूले यसवर्ष थापालाई मतदान गर्ने बताएका छन्।
सरकारको गैह्र जिम्मेवारीका कारण लाखौं युवाहरू कम पारिश्रामिकका लागि खाडी मुलुक जान वाध्य भएको र तीनै युवाहरूले पठाएको रेमिट्यान्सका कारण देश धानिरहेपनि सरकारले बेरोजगार युवाहरूको पक्षमा हालसम्म कुनै कदम चाल्न नसकेको थापाले बताइन्।
नेपाली जनता वर्षौदेखि शोषण र दमनमा पिल्सिएकाले अव त्यसबाट उन्मुक्ती पाउन नागरिकहरूले विवेकपूर्ण ढङ्गले सही उम्मेदवारलाई मतदान गर्न थापाको आग्रह छ।
किसान, मजदुर, महिला र वेरोजगार युवाहरूको पक्षमा लड्ने अठोट व्यक्त गर्दै थापाले आफूलाई नीति निर्माण तहमा पुर्याउन आग्रह गरेकी छन्।

थापा आफू क्षेत्र नम्बर ३ को छोरी र दिदीबहिनी भएर काम गर्ने भएका कारण सबैको साथ पाएको बताउछिन् । ‘म नेता होइन, छोरी दिदीबहिनी भएर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘सधैं जनतासँगै रहन्छु ।’
अहिले यस निर्वाचन क्षेत्रमा रेखाको एकदमै राम्रो माहोल छ। जनताको धेरै माया पाएकी छिन्। ‘सबैभन्दा बढी बुबाआमा र युवाको माया पाएकी छु। जसले मलाई माया गर्नुपर्ने हो, उहाँहरूले माया गरेपछि सक्किगो नि ?’ रेखाले सुनाइन्,‘यसअघि जितेर गएकाहरूले काम नगरेपछि जनता धेरै आक्रोशित हुनुहुन्छ। हिजो गरेको धोकाको हामी हिसाब किताब गर्छौं भन्नुभएको छ। हाम्रो मत खेर गयो भन्ने पीडा उहाँहरूलाई छ। उहाँहरूले दिएको आशीर्वादले हौसला पनि मिलेको छ। उहाँहरू जागिसक्नुभएको छ। वर्षसम्म हामीले पीडा सहनुबाहेक केही भएन, अब हामी यस्तो गल्ती गर्दैनौँ भनेर मलाई मतदाताले भन्नुभएको छ।’
‘कलाकारको हिसाबले मैले जुन ख्याती कमाएँ, त्यहीँ ठाउँले आज हिम्मतवाली रेखा जन्माएको ठाउँ हो,’ रेखाले भनिन्,‘तर, त्यही ठाउँलाई अब मैले ‘पे ब्याक’ गर्ने बेला आएको छ। विकास नभएका पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीमा भएका अभावका विषयमा मैले महसुस गरेकी छु। चाहे यो सुकुम्बासी समस्या किन नहोस्। यो समस्यालाई निर्मुल गर्नका लागि त्यही माटोमा लत्पतिएको मानिस त्यो ठाउँलाई आवश्यक छ।’
‘कति मानिसहरु लालपूर्जाविहीन भएर बसेका छन्। यो विषयमा पनि आजभन्दा चार वर्षअगाडि रेखा तिमीले केही गर्न सक्छौँ कि गरिदेऊ भनेर मेयर साहेबहरुसँग पनि कुरा हुन्थ्यो। म नीति नियम बनाउने ठाउँमा नपुगिकन मेरो क्षेत्रको होस्, देशको होस्, समस्या समाधान गर्न सक्दिनँ। मलाई त्यहाँका समस्याहरु थाहा छ,’ यसअघि उनले भनिन्।
5
Attachments
• Scanned by Gmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर