शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने — OSNepal

शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने

LC (KTM) October 16, 2022 0

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनका अनुसार उनको पूरै शरीर दान गरिएकाले अन्तिम संस्कार नहुने भएको हो । अन्तिम संस्कार नभए पनि उनको शवलाई अन्तिम श्रद्धाञ्जली भने सर्वसाधारणले दिन पाउने छन् । तर श्रद्धाञ्जलीका लागि कुन स्थानमा पार्थिव शरीर राखिने र कतिबेला दिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको बताइएको छ ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमा राखिने भएको छ । त्यसअघि उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने परिवारले जनाएको छ ।

जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो । जोशीकै इच्छा अनुसार उनको शरीरुलार्य अध्ययनका लागि राख्न लागिएको हो ।

जोशीले स्वर्गबास हुनु अगावै आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा गरेका थिए ।

किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो । पछिल्लो समय उनलाई निमोनिया मुटुमा समस्या र खासगरी डेंगु संक्रमणले निकै कमजोर बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर