शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने — OSNepal

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने

LC (KTM) October 16, 2022 0

काठमाडौं ।

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाईने भएको छ ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमा राखिने भएको छ । त्यसअघि उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने परिवारले जनाएको छ ।

जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो । जोशीकै इच्छा अनुसार उनको शरीरुलार्य अध्ययनका लागि राख्न लागिएको हो ।

जोशीले स्वर्गबास हुनु अगावै आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा गरेका थिए ।

किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो । पछिल्लो समय उनलाई निमोनिया मुटुमा समस्या र खासगरी डेंगु संक्रमणले निकै कमजोर बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर