चर्चित टिभी सिरियल ‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत अबस्थामा फेला — OSNepal

चर्चित टिभी सिरियल ‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत अबस्थामा फेला

LC (KTM) October 16, 2022 0

काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्करमृत अबस्थामा फेला परेकी छन् । उनी मध्यप्रदेशको इन्दौरस्थित आफ्नै निवासमा मृत अबस्थामा फेला परेकी हुन् ।

घटनास्थलमा सु साइड नोट भेटिए पनि कारण चाही नखुलेको बताइएको छ । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर रेकी उनी नकै खुशी देखिन्छन् ।

चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी उनलाई सोही सिरियलले परिचय दिएको थियो ।

त्यस्तै उनी अभिनित अर्को सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो ।

यो पनि पढ्नुहोस स्वस्तिमा खड्काले किन भेटिन् चर्चित भारतिय कलाकार सौरभ शुक्लालालाई

अभिनेत्री स्वस्तिमा खड्काले भारतका चर्चित कलाकार सौरभ शुक्लासँग भेट गरेकी छन् । उनले ण्डीगढमा जारी इन्डस भ्याली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका क्रममा शुक्लालाई भेट नगरेकी हुन् ।

सामाजिक संजालमा स्वस्तिामाले भेट गरेको तस्विर सेयर गरेपछि यी दुई बिच भेट भउको कुरा बाहिर आएको हो । भेटमा यी दुई बिच नेपाल र भारतीय फिल्म उद्योगको सम्बन्धको बारेमा कुराकानी भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ‘उहाँ ९सौरभ शुक्ला० ले नेपाली फिल्म उद्योगको बारेमा जान्न देखाउनुभएको चासो र आफ्नो कामको अनुभव आदान प्रदान गरेको देख्नु साँचिक्कै रोचक थियो ।’तस्विरमा उनले सौरभ शुक्लाको कुरा चाखपूर्वक सुनेको देखिन्छ भने सौरभले पनि स्वस्तिमाको कुरा गम्भीरतापूर्वक सुनेका छन् ।

शुक्लाले ‘जोली एलएलबी’, ‘पिके’, ‘सत्य’, ‘पागलपन्ती’, ‘किक’, ‘गुन्डे’, ‘बाला’, ‘ओ माइ गड’ लगायतका सयभन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका छन् । सौरभले ‘जोली एलएलबी २’बाट राष्ट्रिय फिल्म अवार्ड समेत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर