घरदैलोमा पूर्वप्रधानमन्त्री नेपाल, निर्वाचन रोचक हुने देखियो — OSNepal

घरदैलोमा पूर्वप्रधानमन्त्री नेपाल, निर्वाचन रोचक हुने देखियो

LC (KTM) October 16, 2022 0

गरुडा, रौतहट – आसन्न निर्वाचनमा मत माग्न गठबन्धनमा नेताहरूले प्रचारप्रसारलाई तीव्ररूपमा अगाडि बढाएका छन् । रौतटहमा चारवटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं १ को निर्वाचन रोचक हुने देखिएको छ । यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन् ।

यहाँ मुख्यगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल र नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिए छ । निर्वाचन क्षेत्र नं १ मा छ पालिका छन् । नेपालले भेडियाही, सरुअठा, मोतिपुर, हजमिनिया गाउँमा घरदैलो कार्यक्रम गरेका छन् ।

यो पनि पढ्नुहोस् – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार रग्बीका १२ खेलहरू सम्पन्न भएका छन । आइतबार सम्पन्न पुरुषतर्फका खेलहरूमा विभागीय टिम नेपाल आर्मीले सुदुरपश्चिम प्रदेशलाई १९–० ले पराजित गरेको छ भने प्रदेश नं १ र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ बराबरीमा टुङ्गिएको छ । दुवै टिमले खेल अवधिभर कुनै अङ्क जोडन सकेनन ।

यस्तै आइतबार सम्पन्न तेस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले बागमती प्रदेशलाई २९–० ले पराजित गरेको छ भने चौथो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई १०–५ अङ्कले पराजित गरेको छ ।

आइतबार नै भएको महिलातर्फको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १७–० अङ्कले पराजित गरेको छ भने विभागीय टिम आर्मीले नेपाल पुलीसलाई १२–० ले पराजित गरेको छ । यस्तै महिलातर्फकै तेस्रो खेलमा एपिएफले बाग्मती प्रदेशलाई २९–० अङ्कले पराजित गरेको छ ।

आइतबार नै मध्याह्नपछि शुरु भएको एपिएफ र बाग्मती प्रदेशबीचको खेलमा एपिएफले २९–० को फराकिलो अन्तरले बाग्मती प्रदेशलाई हराएको छ भने अर्को खेलमा एपिएफले नै कर्णाली प्रदेशलाई ३१–० ले पराजित गरेको छ ।

यस्तै गण्डकी प्रदेश र नेपाल पुलीसबीच भएको खेल ५–५ को बराबरीमा टुङ्गिएपछि खेल ड्र भएको छ । यस्तै प्रदेश नं १ ले सुदुरपश्चिम प्रदेशलाई १२–५ अङ्कले पराजित गर्न सफल भएको छ भने लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई २४–० ले पराजित गरेको छ । आइतबार सम्पन्न भएको अन्तिम खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले मधेश प्रदेशलाई ३७–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर