बाढीको विनाशपछि पाकिस्तान पुनःनिर्माणको महत्वपूर्ण चरणमा — OSNepal

बाढीको विनाशपछि पाकिस्तान पुनःनिर्माणको महत्वपूर्ण चरणमा

LC (KTM) October 17, 2022 0

इस्लामावाद-जलवायु परिवर्तनले गर्दा आएको विनाशकारी बाढीपछि पुनःप्राप्तिको बाटोमा अघि बढिरहेको बेला पाकिस्तान अहिले एक नाजुक घडीमा उभिएको पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले विश्व खाद्य दिवसको अवसरमा बताउनु भएको छ । विश्वव्यापी भोकमरी, कुपोषण र सबैका लागि खाद्य र पोषण सुरक्षा सुनिश्चित गर्न सामूहिक कार्यको आवश्यकताबारे चेतना जगाउने उद्देश्यले यो दिवस मनाइदै आएको प्रधानमन्त्रीले आइतबार जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ । यस वर्षको नारा ‘कसैलाई पछाडि नछोड्नुहोस’ले हामीलाई गरिबी र भोक अन्त्य गर्न सामूहिकरूपमा सङ्घर्ष गर्न, हामीले छनौट गर्ने खाना र त्यसको उपभोग गर्ने तरिकाले हाम्रो, स्वास्थ्य र हाम्रो ग्रहलाई असर गर्छ भन्ने महसुस गराउँछ,” उहाँले भन्नुभएको छ ।

रीफले भने कि यस वर्षको मनसुनमा विनाशकारी बाढीले पाकिस्तानमा तीन करोड ३० लाखभन्दा बढी मानिसलाई असर गरेको छ र यसले पशुधन, खडा बाली र अत्यावश्यक पूर्वाधारको क्षति गरेको छ । पाकिस्तानको कृषि क्षेत्रको क्षति विश्वभरि पनि महसुस हुने बताउँदै उनले बाढीले नष्ट पारेको कपास, चामलको विश्वको शीर्ष उत्पादक र निर्यातकर्तामध्ये पाकिस्तान रहेको बताउनुभएको छ । परिस्थिति निस्सन्देह धेरै चुनौतीपूर्ण छ, यद्यपि, पाकिस्तान गरिबी अन्त्य गर्ने, स्वास्थ्य, शिक्षामा सुधार गर्ने र आर्थिक वृद्धिलाई प्रोत्साहित गर्ने संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य प्राप्त गर्न पूर्णरूपमा प्रतिबद्ध छ,” प्रधानमन्त्रीले भन्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर