फिल्म ‘लाखे’को आइटम गीतमा अनुप र आर्यनको धमकेदार डान्स — OSNepal

फिल्म ‘लाखे’को आइटम गीतमा अनुप र आर्यनको धमकेदार डान्स

LC (KTM) October 17, 2022 0

काठमाडौं –

फिल्म ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता द्वय अनुपविक्रम शाही र आर्यन अधिकारीको दमदार डान्स रहेका छ ।

सौगात मल्ल उनीहरुको गतिविधि निहालिरहेको देखिन्छन् । गीतमा हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको युगल स्वर रहेको छ भने संगीत तथा शब्द रचना गायक बस्नेत स्वयंको छ । भिडियोमा सौरभ लामाको छायांकन छ भने सन्देश शाहले सम्पादन गरेका हुन् ।

द्वन्द्व निर्देशक सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो ।

फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर