प्याराग्लाइडिङ दुर्घटनामा निसिम थापाको मृत्यु भएपछि मुलुकभरका सबै प्याराग्लाइडिङ उडान बन्द — OSNepal

प्याराग्लाइडिङ दुर्घटनामा निसिम थापाको मृत्यु भएपछि मुलुकभरका सबै प्याराग्लाइडिङ उडान बन्द

LC (KTM) October 17, 2022 0

काठमाडौं । सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द ९प्रतिबन्ध० गर्ने निर्णय गरेको छ । आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेल प्रदर्शनकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि मुलुकभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यस्तो जानकारी दिएका हुन् ।सुरक्षा व्यवस्थापनको विषयलाई लिएर अकस्मात् गरिएको यो प्रतिबन्ध अर्को व्यवस्था नभएसम्मका लागि मुलुकभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको बताउँदै निरौलाले भने, ‘अब हामी प्याराग्लाइडिङ उडान सुरक्षा’दयगत सूक्ष्म अध्ययन गर्दै छौं ।’राजधानि दैनिकमा खबर छ ।

आइतबार मात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेलमा सहभागी एक जनाको प्याराग्लाइडिङ दुर्घटना निधन भएको थियो । त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको खेल प्रदर्शन गर्ने क्रममा आकासबाट खसेर मृत्यु भएको थियो । सोही घटनालाई लिएर आइतबार प्राधिकरणले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधान’दयगत समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

पछिल्लो समय देसका धेरै ठाउँमा साहसिक पर्यटकीय गतिविधि प्याराग्लाइडिङ खेलको विकास र विस्तार हुँदै जाँदा त्यसको सुरक्षासम्बन्धी सवाल पनि पेचिलो बनेको छ । अझै प्याराग्लाइडिङ उडानमा चालक र यात्रुको सुरक्षा’दयगत पर्याप्त व्यवस्था नहुँदा भएको यस्तो दुर्घटनाको समस्यालाई ध्यानमा राखेर प्राधिकरणले थप सुरक्षा व्यवस्था नभइन्जेलसम्मका लागि उडान रोकेको हो । सरकारको यस निणर्यले अब देशभर सञ्चालित सबै प्याराग्लाइडिङ उडान बन्द हुनेछन् ।गण्डकी प्रदेशको पोखरामा सञ्चालित खेलमाा सहभागी प्याराग्लाइडिङ खेलाडी थापाको सो खेलकुद प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकासबाट सारङकोटस्थित जमिनमा खस्दा मृत्यु भएको थियो । सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएको थियो । सो अस्पतालका डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

सो खेल प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री प्याराग्लाइडिङमा आइतबार र सोमबार उत्कृष्ट प्रदर्शन गरेर उनको समूह विजेता हुने पक्का जस्तै थियो । मौसम र हावाको गति परीक्षण गर्न एपीएफका प्रशिक्षक सुरेन गुरुङ उडिसकेका थिए । आइतबार क्रस कन्ट्री प्याराग्लाइडिङ प्रतियोगिताका लागि पहिलो नम्बरमा मृतक खेलाडी निसिमले टेकअप गरेका थिए भने अरू धमाधम उड्न तम्तयार अवस्थामा थिए ।सराङकोटबाट उडेर निसिम ५०(६० मिटर माथि के पुगेका थिए उनको ग्लाइड फनफनी घुम्यो र जमिनतिर खस्दै बजारिन पुग्यो । ग्लाइडको एउटा भागलाई हावाले खुम्च्याइदियो र आकासतिर उड्दै जानुपर्ने निसिम सोझै जमिनमा बजारिन पुगे ।

नवौं राष्ट्रिय त्रिभुवन आर्मी क्लबलाई उपाधि जिताएर आफू पनि प्याराग्लाइडिङ क्षेत्रमा चम्किने निसिमको सपना सो प्याराग्लाडिङ दुर्घटनासँगै क्षणभरमै चुँडियो । उनले सदाको लागि यो धर्तीबाट बिदा लिए ।यसअघि निसिमले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीबाटै खेलेका थिए र त्यो बेला आर्मीले रजत पदक जितेको थियो । आठौंबाट मात्र प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुदमा समावेश गरिएको हो । पोखरामा भएको प्रि–वर्लड कपमा पनि निसिमले एउटा उपाधि पाएका थिए ।थापाको निधनले सिंगो पोखरेली प्याराग्लाइडिङ क्षेत्रलाई नै स्तब्ध बनाएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले बताए । यसअघि पोखरा प्याराग्लाइडिङ कम्पनीमार्फत व्यावसायिक उडान समेत गर्दै आएका निसिमले पछिल्ला केही वर्षदेखि एड्रिएलन प्याराग्लाइडिङ कम्पनीमार्फत काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर