मृत फेला परेकी अभिनेत्री वैशालीले केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग गरेकी थिइन् इन्गेजमेन्ट — OSNepal

मृत फेला परेकी अभिनेत्री वैशालीले केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग गरेकी थिइन् इन्गेजमेन्ट

LC (KTM) October 17, 2022 0

काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्करमृत अबस्थामा फेला परेकी छन् । उनी मध्यप्रदेशको इन्दौरस्थित आफ्नै निवासमा मृत अबस्थामा फेला परेकी हुन् ।घटनास्थलमा सु साइड नोट भेटिए पनि कारण चाही नखुलेको बताइएको छ । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर रेकी उनी नकै खुशी देखिन्छन् ।

चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी उनलाई सोही सिरियलले परिचय दिएको थियो । त्यस्तै उनी अभिनित अर्को सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो ।

इन्दौरका एसीपी एम रहमानका अनुसार वैशाली ठक्करलाई छिमेकमा बस्ने राहुल नामका युवकले दुर्व्यवहार गरेको जनाइएको छ । जसका कारण वैशालीले आ त्म ह त्या गरेकी हुन् ।

प्रहरीले घटना भएको ७ घण्टापछि जानकारी पाएकाले अब सु साइ ड नोटको अनुसन्धान हस्तलेखन विज्ञबाट गरिने भएको छ ।वैशालीले गत वर्ष अप्रिल २६ मा केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

नजिकका मानिसहरुको उपस्थितिमा भएको यो समारोहको जानकारी भने अभिनेत्री वैशालीले भिडियो शेयर गरेर दिएकी थिइन् । दुवै जनाले सन् २०२१ को जुनमा विवाह गर्ने भएका थिए । वैशालीले कोरोनाको कारण एक महिनापछि विवाहको योजना समेत स्थगित गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर