दुनियाकै अचम्मको माउस जसले ड्युटी सकिएपछि कामै गर्दैन, आँफै टाढा भाग्छ — OSNepal

दुनियाकै अचम्मको माउस जसले ड्युटी सकिएपछि कामै गर्दैन, आँफै टाढा भाग्छ

LC (KTM) October 17, 2022 0

काठमाडौं । ड्युटी सकिएपछि धेरैलार्य कामै गर्न मन लाग्दैन । यो मानविय स्वभाव हो । तर पछिल्लो समय विकाश गरिएका मेशिनरी सामानहरुमा पनि यस्त प्रविधी जोडीएको छ जसको ड्युटी सकिएपछि कामै गर्दैनन् ।

हालै सामसङ कम्पनीले एउटा अनौठो कम्प्युटर माउस तयार गरेको छ जसले ड्युटी सकिएपछि कामै गर्दैन । यो माउसले निश्चित समयसम्म काम गरेपश्चात् आफै चल्न छाड्दछ र आफ्नो पांग्राको मद्दतले टाढा भाग्ने कम्पनीले जनाएको छ ।

सामसङले उक्त ब्यालेन्स माउसको भिडियो आफ्नो कोरियाली युट्युब च्यानलमा जारी गरेको छ । यसलाई अहिले केवल अवधारणाको रुपमा मात्र पेश गरिएको छ अर्थात् बजारमा अहिल्यै उपलब्ध छैन ।

यो माउस बजारमा उपलब्ध आम माउसहरु जस्तै हुन्छ तर कम्पनीले यसमा एक फिचर थप गरेको छ । जसबाट कामकाजी मानिसहरुले धेरै काम गर्नुपर्ने बाध्यतामा रोक लगाउन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर