काठमाडौंको बिजुलीबजारस्थित ‘आर्क ब्रिज’ चढेर यी २५ वर्षिय युवकले देखाए तमासा — OSNepal

काठमाडौंको बिजुलीबजारस्थित ‘आर्क ब्रिज’ चढेर यी २५ वर्षिय युवकले देखाए तमासा

LC (KTM) October 17, 2022 0

काठमाडौ:काठमाडौंको बिजुलीबजारस्थित ‘आर्क ब्रिज’ चढेर यी २५ वर्षिय युवकले देखाए तमासा , उद्धार गर्न गएको प्रहरीको टोलीलाई देखेपछि पुलमा नै सुते र पछि सलाम ठोकेकाठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि रहेको ‘आर्क ब्रिज’ मा बेला बेलामा युवाहरु चढेको देखिन्छ । पछिल्लो घटना शनिबारको हो । ‘आर्क ब्रिज’ वर्ष २५का कृष्णबहादुर श्रेष्ठ चढेर त्यहीँ सुतेपछि प्रहरीले उद्धार गर्न खोज्दा उनी पुलमाथि नै सुतिदिए ।

नयाँबानेश्वर प्रहरी प्रमुख निशान्त श्रीवास्तवका अनुसार उनलाई उद्धार गर्न ४५ मिनेट सवारी आवगमन रोकेर प्रहरी परिचालन गर्नु परेको थियो । सवारी रोकेर माइकिगं सुरु गरेका कृष्णलाई प्रहरीले उद्धार गरेपछि भने भुईमा आएर प्रहरीलाई सलाम नै ठाके । सिन्धुपाल्चोक जिल्ला ठूलो सिरुबारी–६का कृष्ण सुस्त मनस्थितिका भएको हुन सक्ने प्रहरीको भनाई छ । छिन–छिनमा कुरा फेर्ने र आफन्त पनि पत्ता नलाग्ने अवस्था भएपछि हिजो ९सोमबार० स्थानीयबासिन्दाको जिम्मा लगाइएको डिएसपी श्रीवास्तवले बताए ।

पछिल्ला दिनमा बिजुलीबजारको आर्कब्रिजको माथि मानिस चढ्ने घटना बढेका बेला सडक विभागले चढ्न नमिल्ने किसिमको बार लगाउनु पर्नेमा उसले यसमा खासै चासो दिएको देखिएको छैन । जसका कारण सुरक्षा चुनौती भने बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर